काठमाडौँ – राष्ट्रपति संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका कांग्रेस सभापति देउवालाई नेकपा एमालेको माधव कुमार नेपाल समूहले पनि साथ दिने भएको छ ।


ADVERTISEMENT


देउवालाई माधव समूहका २७ सांसदले साथ दिने भएका हुन् । उनीहरुसहित १४९ सांसदको हस्ताक्षर लिएर देउवासहितका नेता शीतलनिवास पुगेका छन् । वैकल्पिक सरकार निर्माणका लागि राष्ट्रपतिले दिएको समयसीमा अहिले ५ बजे सकिँदैछ ।


ADVERTISEMENT

# # #


शुक्रबार कांग्रेस संसदलीय दलको कार्यालयमा बसेको कांग्रेस, माओवादी, जसपा(उपेन्द्र यादव समूह)को बैठकले नयाँ सरकार गठनको दाबी गर्ने निर्णय गरेका हुन् । बैठकमा नेकपा एमाले माधव कुमार नेपाल समूहबाट स्वयम् माधव र सुरेन्द्र पाण्डे सहमागी थिए ।