काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटवार्ता भइरहेको छ । संविधानको धारा ७६(५) अनुसार वैकल्पिक सरकार गठनको समय सकिन १ घण्टामात्र बाँकी रहँदा प्रधानमन्त्री ओली राष्ट्रपतिसँग भेटमा जुटेका हुन् ।


ADVERTISEMENT


यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सरकार निर्माणका लागि १४९ सांसदको हस्ताक्षरसहित शीतलनिवास पुगेका छन् । यद्दपी प्रधानमन्त्री र राष्ट्रपतिको भेटका कारण उनीहरु बाहिर नै कुर्नुपरेको छ ।


ADVERTISEMENT

# # #


नयाँ सरकारका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो दाबी प्रस्तुत गर्दैछन् ।