काठमाडौँ– नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले फ्रान्स र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको र नेपालको सामाजिक एवम् आर्थिक विकासमा सक्दो सहयोग गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।


ADVERTISEMENT


मङ्गलबार नेपाल लगायत विश्वका सबै मुलुकमा आयोजना हुने फ्रान्सेली खाना महोत्सव (गु द फ्रान्स) बारे जानकारी दिन आज आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले गु द फ्रान्सका माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताए ।


ADVERTISEMENT

# # #


फ्रान्सेली विदेश मन्त्रालयको आह्वानमा मार्च २१ तारिख (चैत ८) मा विश्वभर आयोजना हुने गु द फ्रान्समा विश्वका नाम चलेका तारे होटल र रेस्टुराँमा फ्रान्सेली खानाका दक्ष भान्सेले तयार पारेका खानेकुरा ग्राहकलाई पस्किने छन् ।

तीन वर्षदेखि नेपालमा पनि आयोजना हुँदै आएको गु द फ्रान्समा यस पटक होटल सोल्टी, होटल याक एन्ड यति, सिल्भर माउन्टेन र गेट कलेज तथा ला शेर्पाले नेपालमा नै उत्पादित सामग्रीबाट फ्रान्सेली खाना पस्कने जनाइएको छ । गु द फ्रान्सबाट आर्जित रकममध्ये पाँच प्रतिशत मानवीय सेवामा क्रियाशील सामाजिक संस्थालाई प्रदान गरिने बताइएको छ ।