काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले पार्टीका उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेलाई निलम्बन गरेका छन् ।


ADVERTISEMENT


पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले उनीहरुलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । ओलीले यसअघि पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई समेत ६ महिनाका लागि निलम्बन गरेका थिए ।


ADVERTISEMENT

# # #


ओलीले पार्टी महासचिव इश्वर पोखरेलमार्फत भुसाल र पाण्डेलाई पार्टीको विधानविपरित गतिविधि गरेको, पार्टी फुटाउन प्रचण्डसँग सहकार्य गरेको लगायतका आरोप लगाउँदै स्पष्टीकरण सोधेका थिए ।

जवाफमा उपमहासचिव भुसालले ओलीलाई ११ पृष्ठ लामो जवाफ फर्काउँदै ओलीले आफूमाथि लगाएका आरोप बनावटी, किर्ते र दूराशयपूर्ण रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले कंगारु अदालतको अध्यास गर्ने खोजेको बताँदै ओली अरुको इशारामा चलेको आरोप लगाएका थिए ।

यस्तै जवाफमा नेता पाण्डेले आफूलाई लगाएका आरोप ओली आफैतिर फर्किएको बताएका थिए। आफू विरुद्ध लक्षित निन्दात्मक भाषा र अर्थले स्वयं ओलीकै व्यक्तित्व, अध्ययन, विवेक र संस्कारलाई देखाएका उनले बताएका थिए ।

अनेक कार्य र सरकारको असफलतापछि संसद विघटनजस्तो असम्वैधानिक कदम चालेका प्रधानमन्त्री ओली त्यतिले नपुगेर पार्टी विभाजन गर्न खोज्नु रहस्यपूर्ण रहेको बताएका थिए ।