काठमाडौँ – सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युताउले आफ्नो फैसलाबारे पुनरावलोकन नगर्ने भएको छ । सर्वोच्चको फैसलाविरुद्ध प्रचण्डले गरेको पुनरावलोकनको मागलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले अस्वीकार गरेको हो ।


ADVERTISEMENT


सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको एकतालाई अवैधानिक घोषणा गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला सुनाएको थियो । सर्वोच्चको आदेशमा दुई पार्टीबीचको एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न भनिएको थियो ।


ADVERTISEMENT

# # #


प्रचण्डले मंगलबार सर्वोच्च पुगेर उक्त फैसला सच्याउन माग गर्दै पुनरावलोकनको निवेदन दिएका थिए । पुनरावलोकनका लागि निवेदन दिएपछि प्रतिक्रिया दिँदै मंगलबार उनले सर्वोच्चले आफ्नो फैसला सच्याउने विश्वास व्यक्त गरेका थिए ।