कामाठाडौँ – एभरेष्ट बैंक लिमिटेडले जानकी मन्दिर, जनकपुरमा क्यूआर कोडबाट सम्पर्करहित भेटी चढाउने सेवा सुरु गरेको छ ।


ADVERTISEMENT


बैंकका नायव महाप्रबन्धक डा. सन्धिर कुमार र जानकी मन्दिर, जनकपुरका महन्त राम तपेश्वर दासले संयुक्त रुपमा उक्त सेवाको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहपुष्प राज उप्रेती, एभरेष्ट बैंकका मर्केटिङ्ग् प्रमुखका साथै अन्य स्थानीय तहका अधिकारिहरुको पनि उपस्थिती रहेको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बैंकका नायव महा प्रबन्धक डा. सन्धिर कुमारले उक्त सेवाको प्रयोगले भक्तजनहरुले सजिलै क्यूआर कोड प्रयोग गरी भेटी चढाउन सकिने र सो भेटी वास्तविक समयमा नै जानकी मन्दिरको जनकपुर शाखामा रहेको खातामा जम्मा हुने जानकारी गराए ।

बैंकले देशभर १०२ शाखा सञ्जाल, प्रादेशिक कार्यालय , १३४ एटीए बुथसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।