काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले प्रतिवेदन पेश गरेका छन् । अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदन आज राष्ट्रपति समक्ष पेश गरेका हुन् ।


ADVERTISEMENT


यसैगरि, आजै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पनि संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आव २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । उनले प्रतिवेदन पेश गरेको जानकारी राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका थिए । रासस


ADVERTISEMENT

# # #