काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठक आज पनि जारी रहनेछ । मंगलवार साँझ सर्वोच्च अदालतले संसद् विघटनको मुद्दा उल्टाइदिएपछि बुधवार ओली समूहको स्थायी कमिटी बैठक बसेर सर्वोच्चको फैसला सम्मान गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT


आज जारी बैठकमा आगामी राजनीतिक अवस्थाबारे छलफल हुनेछ ।


ADVERTISEMENT

# # #


बुधवार नै वैठकले १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरिसकेको छ ।