काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी बैठक आह्वान गरेको छ । सर्वोच्च अदालतले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गरी संसद् पुनःस्थापना गरेपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक डाकिएको हो । बैठक आज दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा हुनेछ ।


ADVERTISEMENT


पार्टीका पूर्वपदाधिकारी समेत सहभागी हुने वैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड–माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


संसद् पुनःस्थापनापछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रका दुई धारबीच नयाँ सरकार गठनको रक्सारक्सी शुरु भएको छ । प्रतिनिधि सभामा ६१ सांसद् रहेको काँग्रेस नयाँ सरकार गठनका लागि निर्णायक भूमिकामा देखिएको छ ।