काठमाडौँ – गायिका अञ्जु पन्तले प्रेमी थिर कोइरालासित बिहे गरेकी छन् ।


ADVERTISEMENT


बुधवार इलामका कोइरालासित पन्तले ललितपुरस्थित पाटन चर्चमा बिहे गरेकी हुन् ।


ADVERTISEMENT

# # #


उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । उनीहरूको भेट ६ वर्ष अघि नेपाल टेलिभिजनको एक कार्यक्रममा भएको थियो । त्यतिबेला थिर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिन संवाद कार्यक्रम चलाउँथे भने पन्त उक्त कार्यक्रममा पाहुनाका रूपमा बोलाइएकी थिइन् । त्यसै समयदेखि उनीहरूको मित्रता झाङ्गिदै गएको थियो ।

मित्रताबाट प्रेममा परिणत भएको उक्त सम्बन्धलाई दुईजनाले परिवारका साथ केही नजीकका आफन्तका साथ वैवाहिक सम्बन्धमा बदलेका हुन् ।

 

तस्वीर सौजन्य : थिर कोइराला