सिरहा – सिरहामा प्रचण्ड-नेपाल समूहका आन्दोलनकारीहरुले हिमालय पोष्ट डटकमका प्रदेश नं २ का प्रतिनिधि श्याम कुमार ठाकुरमाथि दूर्व्यवहार गरेका छन् । सिरहाको मिर्चैयास्थित कटारी चोकमा आन्दोलनकारीहरुले  ठाकुरमाथि दूर्व्यवहार गरेका हुन् ।


ADVERTISEMENT


नेकपाको प्रचण्ड–नेपाल समूहद्वारा गरिएको आमहडतालको रिपोर्टिङमा गएका उनलाई आन्दोलनकारीहरुले धक्का हान्दै दुर्ववहार गरिएको छ । पत्रकार ठाकुरले आन्दोलनकारीहरुले तोडफोड गरिरहेको मोटरसाइकलको भिडियो लिइराखेका थिए ।


ADVERTISEMENT

# # #


सोही क्रममा किन भिडियो लिएको भन्दै आन्दोलनमा सहभागी केहि व्यक्तिको समूहले आफ्नो मोबाइल समेत खोस्दै दूर्व्यवहार गरेको पत्रकार ठाकुरले बताएका छन् । आन्दोलनकारीहरुले राजमार्गमा टायर बाल्दै धर्ना दिएका छन् । उनीहरूले धर्ना दिँदा अत्यावश्यक बाहेका सवारीसाधन ठप्प छ भने पसलहरु पनि बन्द छन् ।

मिर्चैयामा पूर्वमन्त्री तथा नेकपाका नेता महेन्द्र पासवान तथा मिर्चैयाका मेयर श्रवण यादवको नेतृत्वमा आन्दोलन भइरहेको छ ।

शान्तिपूर्ण आन्दोलन हुने भनिरहेका बेला पत्रकार र मिडियामाथिको यो प्रहारप्रति हिमालयपोष्ट डटकम घोर भत्सर्ना गर्दै हातपातमा संलग्नलाई आवश्यक कारबाही गर्न सम्बन्धित निकाय समक्ष माग गर्दछ ।