काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशव्यापी आम हड्ताललाई सफल बनाउन आफै सडकमा उत्रिएका छन् ।


ADVERTISEMENT


बिहिबार बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारी साधनबाहेक सार्वजनिक यातायातका साधन ठप्प प्रायः छन्। तर, प्रचण्ड भने गाडी चढेरै आन्दोलनलाई अनुगमन गर्न विभिन्न स्थान पुगिरहेका छन् ।


ADVERTISEMENT

# # #


प्रचण्ड बिहीबार बिहानै गाडी चढेर खुमलटार निवासबाट सातदोबाटो, कोटेश्वरहुँदै पुल्चोक हामहड्ताल गराउन ललितपुरको पुलचोक पुगेका थिए। गाडीबाट ओर्लिएर दाहाल पुलचोकको बीचसडकमा केही समय पलेटी कसेर बसेर चाउचाउ र चिउरा खाएका थिए ।

त्यसपछि उनी जाउलाखेल लगायत उत्यकाका विभिन्न स्थानमा भइरहेका हड्तालमा पुगेर समर्थन जनाएका थिए ।