काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगलागी पीडितहरूका पक्षमा सरकारको तर्फबाट आवश्यक सहयोग गरिने बताएका छन् ।


ADVERTISEMENT


‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमको बिहीबार काठमाडौंमा शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देशव्यापी रूपमा आगलागी फैलिएको र गुल्मी जिल्लामा पनि आगलागीबाट ठूलो क्षति पुगेकोप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरूका पक्षमा सरकारको तर्फबाट आवश्यक सहयोग गरिने बताएका हुन् ।


ADVERTISEMENT

# # #


वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पर्यटन वहुआयमिक सम्भावनाहरूको नेतृत्व गर्ने क्षेत्र भएको बताए ।

उनले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको भन्दै रेसुङ्गामा एउटा मन्त्रिपरिषद् बैठक बसाउनका लागि पहल गर्ने बताए । पर्यटन क्षेत्रको विकासमा तीनै तहका सरकार थप क्रियाशील हुनुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले गैरसरकारी तथा समुदायिक क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकास र विस्तार गर्न सकिने बताए ।