काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता र संघीय प्रतिनिधिसभाका सभामुखबिनै संवैधानिक परिषद्को बैठक बसेको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बालुवाटारमा सुरु भएको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा उपस्थित छन् ।


ADVERTISEMENT


मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अनुसार नै बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । बैठकमा प्रतिपक्षी दल कांग्रेसका सभापति शेर बहादुर देउवा र सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले आज बिहान पनि बैठक बोलाएका थिए । उक्त बैठकमा देउवा गए पनि सभामुख गएका थिएनन् । सभामुख नगएपछि गणपूरक संख्या नपुगेकाले बैठक स्थगित भएको थियो ।

त्यसलगत्तै प्रधानमन्त्रीले मन्त्रीपरिषद्को आकष्मिक बैठक बोलाएका थिए । उक्त बैठक पछि सरकारले प्रमुख प्रतिपक्षी र सभामुख नभए पनि बैठक बस्न सक्ने व्यवस्था सहितको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफरिस गरेको थियो । राष्ट्रपतिद्वारा उक्त अध्यादेश जारी भएपछि बैठक बसेको हो ।

सम्बन्धित समाचार :
– राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
– संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारीपछि हंगामा, नेकपाकै नेताहरु विरोधमा उत्रिए
– विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊँ : बाबुराम भट्टराई
अध्यादेशबाट सरकारको सर्वसत्तावादी सोच झनै प्रस्टियो : देउवा