काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी छन् । मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेकी हुन् ।


ADVERTISEMENT


संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


मंगलबार प्रधानमन्त्री केपी शर्माओलीले संवैधानिक परिषद्‍को बैठक बोलाएका थिए । तर, सभाममुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि कोरम नपुगेर बैठक स्थगित भएको थियो । बैठक स्थगित भएको केही घण्टाभित्रै सरकारले राष्ट्रपति मार्फत संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेको हो ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‍मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहनुपर्ने नेपालको संविधानको धारा २८४ मा व्यवस्था छ।

सम्बन्धित समाचार :
– संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारीपछि हंगामा, नेकपाकै नेताहरु विरोधमा उत्रिए
– विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊँ : बाबुराम भट्टराई
– संवैधानिक परिषद्को बैठकमा देउवा नजाने

बैठक सञ्चालनका लागि अध्यक्ष (प्रधानमन्त्री) बाहेक ४ जना सदस्य उपस्थित हुनु पर्छ । हाल उपसभामुख नरहेकाले सदस्यमध्ये एक जनामात्रै अनुपस्थित हुँदा पनि बैठक सञ्चालन हुन सक्दैन ।

अब बनेको विधेयकमा बुहुमत सदस्यको उपस्थितिमा नै बैठक बस्न सक्ने भएको छ ।