काठमाडौँ – माछापुच्छ्रे बैंक र एमएडब्ल्यू अर्थमुभर्सका ग्राहकहरुले जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरिदमा माछापुच्छ्रे बैँकलेले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


उक्त सम्झौतापत्रमा एमएडब्ल्यू अर्थमुभर्सको तर्फबाट अध्यक्ष बिष्णु कुमार अग्रवाल र माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत र एमएडब्ल्यू अर्थमुभर्सका देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभी इक्युपमेन्ट खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।


ADVERTISEMENT

# # #


माछापुच्छ्रे बैंकले देशभरका आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।