काठमाडौँ – जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत जारी गरेको संवैधानिक परिषद् सम्बन्त्री अध्यादेशको विरोध गरेका छन् ।


ADVERTISEMENT


सरकारले ल्याएको विधेयक विनाशकारी रहेको भन्दै उनले तत्काल संसदको अधिवेशन बोलाउन माग गरेका छन् । विधेयक लागू भएपछि संवैधानिक निकायहरुमा प्रधानमन्त्री केपी शर्माओलीको खल्तीबाट मान्छे भरिने भएकाले त्यसलाई रोक्नुपर्ने उनले बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले वलिदान मार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त भन्दै प्रश्न समेत गरेका छन् ।

डा. भट्टराईले ट्वीटरमा भनेका छन्, ‘त्यसै त निम्छरा संवैधानिक आयोग,अब अध्यादेश मार्फत बनेको तीनजनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान् ? त्यत्रो वलिदान मार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त ? अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊँ ।

सम्बन्धित समाचार :
– राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
– संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारीपछि हंगामा, नेकपाकै नेताहरु विरोधमा उत्रिए
– संवैधानिक परिषद्को बैठकमा देउवा नजाने