काठमाडौँ – श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका वडा नं. ०१ का ६४ वर्षीय भिम बहादुर भण्डारी रहेका छन् ।


ADVERTISEMENT


प्रहरीका अनुसार भण्डारीले आफ्नै श्रीमती ६५ वर्षीय मनमाया भण्डारीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । मृतकको पोष्टमार्टमको रिपोर्टमा उल्लेख भएको मृत्युको समय विश्‍लेषणबाट उक्त समयमा भिम बहादुर श्रीमतीसँग घरमै रहेको खुलेको हो । घरमै मनमायाको लास फेला परेपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए ।


ADVERTISEMENT

# # #


जिल्ला अदालत झापाबाट शुक्रबार ७ दिनको म्याद थप गरी भिम बहादुरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।