काठमाडौँ – कृषि विकास बैँकले काठमाडौँको कागेश्वरी नगरपालिकास्थित मुलपानी फुयाल गाउँमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहीबारदेखि सञ्चालनमा आएको उक्त शाखाबाट पूर्ण आधुनिक बैकिङ्ग सेवा प्राप्त हुने बैँकले जनाएको छ ।


ADVERTISEMENT


कोभिड–१९ कारणले औपचारीक रुपमा कार्यलयको उदघाटन हुन नसकेपनि न्यूनतम अप्नाउनु पर्ने सावधानी अपनाएर बैंकिङ्ग सेवा सञ्चालन भएको हो । शाखा सुभारम्भ कार्याक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार उपाध्याय, काठमाडौ जिल्ला क्षेत्र नं. २ का प्रदेश सभा सदस्य मणीराम फुयाल, कागेश्वरी नगरपालीका का मेयर कृष्ण हरी थापा लगायतको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


यस्तै कृषि विकास बैंक प्रदेश कार्यालय बागमतिका प्रमुख सुन्दर प्रसाद खतिवडा, विभागीय प्रमुख अजय कुमार रिमाल, विभागीय प्रमुख तथा प्रवक्ता हिमलाल पौडल लगायतका कर्मचारी पनि कार्यक्रममा उपस्थिति थिए ।