काठमार्डौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा २८९ कैदको कैद सजाय माफीमिनाहा गर्दै फुकुवा गरेकी छन् । सरकारको सिफारिसमा भण्डारीले हेमराज तुम्बाहाम्फेसमेत गरी सो बराबर कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा गरेकी हुन् ।


ADVERTISEMENT


नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ३ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


यस्तै राष्ट्रपति भण्डारीले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवानासमेत माफी गरेको विज्ञप्तिमा उल्लेख छ ।