काठमाडौँ – अशोज १ गतेदेखि सिट क्षमताभन्दा आधा मात्रु यात्रु राख्न पाउने गरी लामो दूरीका सार्वजनिक यातायात खुलाएको सरकारले जहाजमा भने सतप्रशित यात्रु राख्न दिने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् वैठकले गाडीमा जस्तै जहाजमा पनि सिट क्षमताभन्दा आधा मात्र यात्रु राखेर उडान गर्न दिने निर्णय गरेको थियो । तर शुक्रवार पर्यटन मन्त्रालयमा बसेको वैठकले पूर्ण सिट क्षमतामै उडान गर्न दिने निर्णय गरेको हो ।


ADVERTISEMENT


निजी हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा संघले ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्न नसक्ने बताउँदै मन्त्रालयमा असहमति राखेका थिए। मन्त्रालयले संघको माग बमोजिम पूरै सिट क्षमतामा उडान गर्न दिने प्रस्ताव पुन क्याबिनेट पुर्‍याएको थियो। क्याबिनेटले पनि मन्त्रालयको प्रस्तावमा सहमति जनाएपछि शुक्रबार मन्त्रालयले यस्तो निर्णय गरी नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको छ।


ADVERTISEMENT

# # #


मन्त्रालयले प्राधिकरणमा पठाएको पत्रअनुसार वायुसेवा कम्पनीले २५ प्रतिशत मात्र उडान गर्ने, यात्रुले स्वस्थ भएको स्वघोषणा गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने आदि प्रावधान उल्लेख गरिएको छ ।