काठमाडौँ – काठमाडौँ महानगरपालिकामा देखिएका हालसम्मको कोरोना संक्रमितमध्ये ४ सय ४४ संक्रमित सम्पर्कविहीन छन् ।


ADVERTISEMENT


पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएका उनीहरू सम्पर्कमै नआएपछि ती कहाँ छन् र कतिलाई भाइरस सारे भन्ने यकीन तथ्यांक महानगरपालिकासँग छैन । स्वाब दिएर रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई सम्पर्क गर्दा उनीहरुको मोबाइल फोन स्वीच अफ छ ।


ADVERTISEMENT

# # #


प्रहरीले सम्पर्कविहीन संक्रमितहरूको खोजी भइरहेको जनाएको छ।