काठमाडौं – पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यस्तै ५८८ जना डिस्चार्ज भएका छन् ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ११ हजार १ सय २९ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ६ लाख ९३हजार ४ सय ७२ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ७ हजार ३३७ जना रहेका छन् भने १७ हजार ८ सय २२ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ७ हजार १ सय २१ जना होम आइशोलेसनमा रहेका छन् भने १० हजार ७ सय १ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या २१ हजार ४१० जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ५४ प्रतिशत हो ।

कुल संक्रमित मध्ये २२८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ ।