काठमाडौँ – नेपालमा कूल ७७ मध्ये कोरोना संक्रमण मुक्त जिल्ला दुईवटा रहेका छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको हुम्लाका अहिले कुनैपनि व्यक्तिमा कोरोना संक्रमण छैन ।


ADVERTISEMENT

# # #


यस्तै १२ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमध्ये मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महात्तरी, रौतहट, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देही रहेका छन् ।

हाल १३२ जना संक्रमित आइसीयूमा उपचाररत छन् भने १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । गत २४ घण्टामा थप ५८८ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै कारोना निको हुनेको संख्या २१ हवार ४१० पुगेको हो ।

यस्तै गत २४ घण्टामा ८९९ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कूल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।