काठमाडौँ – भारतीय राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान रोहित शर्मा खेलकूद क्षेत्रको सबैभन्दा ठूलो सम्मान राजीव गान्धी खेल रत्न अवार्डबाट सम्मानित हुने भएका छन् । भारतको युवा तथा खेलकूद मन्त्रालयले शुक्रवार रोहितसहित अन्य खेलका ५ जना खेलाडीलाई उक्त अवार्डबाट सम्मानित गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


 

क्रिकेटर रोहितसँगै टेबल टेनिसका मनिका बत्रा, कुस्तीका भिनेस भोगट, हक्कीका रानी र पारा एथ्लेटिक्सका मारियापान थंगाभेलु उक्त सम्मान दिने निर्णय मन्त्रालयले गरेको हो ।


ADVERTISEMENT

# # #


 

क्रिकेटमा यो सम्मान पाउने शर्मा चौथो खेलाडी हुन् । यसअघि सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी र विराट कोहलीलाई उक्त अवार्डबाट सम्मानित गरिएको थियो ।