काठमाडौँ– सूचना तथा सञ्चार राज्यमन्त्री तप्पबहादुर विष्टको सवारीले मोटरसाइकललाई ठक्कर दिँदा नयाँबानेश्वरमा दुई जना घाइते भएका छन् ।


ADVERTISEMENT


राज्यमन्त्री विष्ट सवार बा १ झ ७१६३ गाडीले बा ४८ प ९२५० को मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनापछि बानेश्वर क्षेत्रमा सडक अवरुद्ध भएको छ । घाइतेहरुलाई अस्पताल लगिएको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


गाडीको ठक्करबाट मोटरसाइकलमा सवार रहेका एक पुरुष र महिला घाइते भएको बताइएको छ । घाइते हुनेमा सहदेव श्रेष्ठ र देवताकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुबै जना बा ४५ प ९२५० नम्बरको गाडीमा सवार थिए ।

दुवैको एभरेस्ट हस्पिटलमा उपचार भइरहेको छ ।

दुर्घटनापछि सर्वसाधारणले मन्त्रीको गाडी घेरेपछि प्रहरीले उनलाई सुरक्षित त्यहाँबाट लगेको थियो ।