भारतको सुनौली–गोरखपुर सडक खण्डको पुरन्दरपुर भन्ने ठाँउमा आज दिउँसो भएको सवारी दुर्घटनामा ७ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष, एक महिला र दुई बच्चाको रहेको बताइएको छ ।


ADVERTISEMENT


सिमावर्ती नेपालको बेलहियास्थित ट्राफिक प्रहरी कार्यालय शाखाका अनुसार, गोरखपुरबाट सुनौलीतर्फ आउँदै गरेको युपी ५३ सि टी ७२०२ नम्बरको इन्डिका कार र सुनौलीबाट गोरखपुरतर्फ जादै गरेको एक रेडिमिक्स ट्याङ्कर आपसमा ठोक्किदा सो दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


ट्राफिक इन्चार्ज बिष्णु जीसीले कारमा यात्रा गरेका चालक सहित ७ जनाको मृत्यू भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए । घटनावारे बिस्तृत जानकारी लिन सिमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाबाट २ जना प्रहरी घटनास्थलतर्फ गएका छन् ।