काठमाडौं- भन्सार विभागको तथ्याङक अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा ५६ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको खाद्यान्न भारत लगायतका तेस्रो मुलुकबाट आयात भएको छ । यो परिमाण अघिल्लो आर्थिक वर्षको तुलनामा ५ अर्ब ८१ करोड ९ लाख रुपैयाँले बढी हो ।


ADVERTISEMENT


चैत देखि साउनसम्मको अवधिमा मात्र १९ अर्ब ८८ करोड २३ लाख ५७ हजार रुपैयाँ बराबरको चामल, गहु, मकै लगायतका खाद्यान्न मुलुक भित्रिएको छ । गत जेठमा सबैभन्दा धेरै १ लाख ४५ हजार ६ सय ६ मेट्रिक टन आयात भएको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको तथ्याङकमा उल्लेख छ ।


ADVERTISEMENT

# # #