काठमाडौं- मौसम आजदेखी पुन: पूर्ण रुपमा सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का अधिकांश स्थानमा आज साँझ भारी बर्षाको संभावना रहेको महाशाखाका मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । वर्षाका कारण सम्बन्धित प्रदेशका खोला तथा नदीमा बाढी आउने भएकाले सतर्क रहन महाशाखाको सुझाव छ । त्यस्तै भोली देखी ४ दिनसम्म सातवटै प्रदेशमा भारी बर्षा हुने संभावना छ ।


ADVERTISEMENT