एजेन्सी- दक्षिण कोरियाबाट अवैध छिरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उत्तर कोरियाले संकटकाल लगाएको छ । साथै सीमा क्षेत्रमा लकडाउन गरिएको छ । नेता किम जोङ उनले पोलिटव्यूरोको आकस्मिक बैठक बोलाई क्रुर भाइरस मुलुक प्रवेश गरेकाले अवस्था संवेदनशील बनेको बताउनुभएको त्यहाँको राष्ट्रिय समाचार संस्था केसिएनएले जनाएको छ । देशद्रोहको आरोपमा ३ बर्षअघि निकाला गरिएका व्यक्ति अवैध रुपमा सीमामा रहेको गैरसैनिक क्षेत्रमा प्रवेश गरेको र उनमा कोरोना संक्रमणको लक्षण देखिएको केसिएनएले उल्लेख गरेको छ ।


ADVERTISEMENT