काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रलाई आफ्नो दायरामा ल्याउने गरी तयार पारेको विधेयक संविधानको प्रावधान विपरित भएको बताएका छन्।


ADVERTISEMENT


मंगलवार सामाजिक सञ्जाल ट्वीटरमार्फत डा कोइरालाले यस्तो अभिव्यक्ति दिएका हुन् । संविधानले स्पष्ट रुपमा सार्वजनिक पदलाई किटान गरेकोले सरकारको कदम अधिनायकवाद तर्फ लम्केको आरोपसमेत उनले लगाए।


ADVERTISEMENT

# # #


‘अख्तियारले निजी क्षेत्रलाई समेत छानविनको दायरामा ल्याउने गरी तयार पारेको विधेयक संविधानको प्रावधान विपरित छ’, कोइरालाले भनेका छन्, ‘नेपालको संविधानको धारा २३९ ले स्पष्ट रुपमा ‘सार्वजनिक पद धारण गरको व्यक्ति’ भनेर किटान गर्दागर्दै यसरी विधेयक ल्याउनु अधिनायकवाद तर्फको सरकारको अर्को फड्को हो ।’

गैरसरकारी संस्था, पब्लिक कम्पनीतर्फ पनि क्षेत्राधिकार बढाइँदै गर्दा भ्रष्टाचार कसुरमा मुद्दा चलाइने हदम्याद राख्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकको प्रतिवेदन संसदमा पेश भएको छ ।