काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका वडा नं. १ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती पुरुषको सोमबार ९ः३० बजे प्रादेशिक अस्पताल सुर्खेतको आइशोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । उनी क्षयरोग तथा दमको बिरामी समेत रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।


ADVERTISEMENT

# # #


मृतक ती पुरुषलाई दुल्लु अस्पताल दैलेखबाट असार ३ गते प्रादेशिक अस्पताल सुर्खेतमा थप उपचारका लागि रिफर गरिएको थियो । ३ गते नै उनको कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको र असार ४ गते कोरोना पोजेटिभ पाइएको थियो ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । जसमध्ये २२२४ जना उपचारपछि निको भएका छन् । आज मात्रै ५३८ जना नयाँ संक्रमित फेला परेका थिए ।

कहाँ कति पुगे संक्रमित ? हेर्नुहोस् :