एजेन्सी :  विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको केन्द्र अफ्रिका बन्न सक्ने भन्दै चेतावनी दिएको छ । भाइरसको महामारीबाट अफ्रिकामा कम्तिमा तीन लाख मानिसको मृत्यु हुनसक्ने डब्लुएचओको चेतावनी छ ।


ADVERTISEMENT


संक्रमण फैलिएमा तीन करोड मानिस गरिबीको रेखामुनि धकेलिने चेतावनी पनि राष्ट्रसंघले दिएको छ । राष्ट्रसंघले सम्भावित महामारी नियन्त्रणमा लिनका लागि एक खर्ब अमेरिकी डलर बराबरको बजेट समेत माग गरेको छ ।


ADVERTISEMENT

# # #


एक हप्तादेखि अफ्रिकामा कोरोना संक्रमण बढेको छ । स्वास्थ्य सुविधा र पूर्वाधार कम भएकाले संक्रमण फैलिएका धेरै मानिसको मृत्यु हुने आंकलन गरिएको छ ।

भाइरसका कारण एक हजार भन्दा बढीको मृत्यु भएको छ भने करिव २० हजार संक्रमित छन् । अहिलेसम्म संक्रमण अल्जेरिया, इजिप्ट र मोरक्कोमा बढि देखिएको छ ।नी