कोरोना भाइरसको संक्रमणबाट शनिबार बिहानसम्म मृत्‍यु हुनेको संख्‍या एक लाख ५४ हजार २ सय ९ पुगेको छ ।जोन होप्किन्स विश्वविद्यालय कोरोना रिसोर्स सेन्टरका अनुसार शनिबार बिहानसम्म संक्रमितको संख्या २२ लाख ४३ हजार ५ सय १२ पुगेको छ । त्यस्तै शनिबार बिहानसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या ५ लाख ६९ हजार पुगेको छ ।


ADVERTISEMENT


कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी ३७ हजार ५४ जनाको मृत्‍यु भएको छ । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या करिब ७ लाख रहेको छ भने निको हुनेको संख्या ५९ हजार ४ सय ५२ रहेको छ ।


ADVERTISEMENT

# # #


अमेरिकापछि सबैभन्दा बढी इटालीमा २२ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या एक लाख ७२ हजार रहेको छ भने ४७ हजार ७ सय २७ जना निको भएका छन् ।

त्यस्तै स्पेनमा २० हजार २ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ९० हजार रहेको छ । स्पेनमा करिब ७४ हजार निको भएका छन् । त्यस्तै युरोपेली मुलुक फ्रान्समा १८ हजार ७ सय ३ र बेलायतमा १४ हजार ६ सय ७ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेल्जियममा ५ हजार एक सय ६३, इरानमा ४ हजार ९ सय ५८, चीनमा ४ हजार ६ सय ३६, नेदरल्यान्ड्समा ३ हजार ४ सय ७१, ब्राजिलमा २ हजार एक सय ७१, टर्कीमा एक हजार ७ सय ६९, क्यानडामा एक हजार ३ सय ५६, स्विजरल्यान्डमा एक हजार ३ सय २७, स्विडेनमा एक हजार ४ सय जनाको मृत्यु भएको छ ।