काठमाण्डौ मध्य र पूर्वी नेपालका केही ठाउँमा अझै केही दिन मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


बंगालको खाडीबाट नेपालको पश्चिमी क्षेत्र हुँदै प्रवेश गरेको पश्चिमी वायु र प्रि९मनसुन सक्रिय भएकाले अझै दुई, तीन दिन काठमाण्डौ उपत्यकासहित देशको धैरैजसो ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार आर्यालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


दुई, तीन दिनसम्म अझै प्रायः अपरान्हपछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने उनले बताए ।