काठमाडौं । कोरोना भाइरस सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने नेपाल सरकारको निर्णयको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । यो निर्णयका लागि मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कृतज्ञता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोषमा नेपालले १० करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेका थिए

मोदीले त्यसको स्वागत गर्दै भनेका छन्, ‘ओलीजीको यो प्रतिबद्धताले कोरोनाको महामारीविरुद्ध सामूहिक लडाइँ लड्ने सार्क देशहरुको समर्थनलाई दर्शाउँछ ।’


ADVERTISEMENT

# # #


गत चैत २ गते सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुबीच सामूहिक भिडियो वार्ता हुँदा भारतीय प्रधानमन्त्री मोदीले आपतकालीन कोष घोषणा गर्दै भारतले एक करोड अमेरिकी डलर जम्मा गरेको जानकारी दिएका थिए ।