रोम — कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ ।


ADVERTISEMENT


शुक्रबार मात्रै इटालीमा ६ सय २७ जनाको मृत्यु भएको छ । त्यस्तै शुक्रबार थप ५ हजार ९ हजार ६ सय ८६ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ भने ४७ हजार २१ जना संक्रमित भएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै युरोपेली मुलुक स्पेनमा पनि मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । शुक्रबार इटालीपछि स्पेनमा सबैभन्दा बढी २ सय ६२ को मृत्यु भएको छ । स्पेनमा शुक्रबार ३ हजार ४ सय ३३ संक्रमित थपिएका छन् । शनिबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या एक हजार ९३ पुगेको छ भने संक्रमितको संख्या २१ हजार ५ सय १० रहेको छ ।

त्यस्तै फ्रान्समा पनि शुक्रबार मात्रै थप ७८ जनाको मृत्यु भएको छ भने ४ सय ५० जनामा संक्रमण देखिएको छ । फ्रान्समा अहिलेसम्म मृत्यु हुनेको संख्या ४ सय ५० पुगेको छ भने संक्रमितको संख्या १२ हजार ६ सय १२ जना संक्रमित भएका छन् । त्यस्तै शुक्रबार बेलायतमा ३३, नेदरल्यान्ड्समा ३०, जर्मनीमा २४, बेल्जियममा १६, स्विजरल्यान्डमा १३ जनाको मृत्यु भएको छ ।

त्यस्तै पश्चिम एसियाली मुलुक इरानमा शुक्रबार मात्रै १४९ जनाको मृत्यु भएको छ भने एक हजार ४ सय ३४ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म इरानमा मृत्यु हुनेको संख्या एक हजार ४ सय ३३ पुगेको छ भने १९ हजार ६ सय ४४ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै अमेरिकामा पनि शुक्रबार अहिलेसम्मकै बढी ५४ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै अमेरिकामा ५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म अमेरिकामा मृत्यु हुनेको संख्या २६१ पुगेको छ भने संक्रमितको संख्या १९ हजार ५ सय १४ रहेको छ ।

त्यस्तै शुक्रबार चीनमा ७ जनाको मात्रै मृत्यु भएको छ भने त्यस्तै ४१ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म चीनमा ३ हजार २ सय ५५ जनाको मृत्यु भएको छ भने ८१ हजार ८ जनामा संक्रमण देखिएको छ । पछिल्लो समय चीनमा संक्रमण र मृत्यु हुनेको संख्या निकै घटिरहेको छ । चीनमा ७१ हजारभन्दा बढी व्यक्ति निको भइसकेको त्यहाँको स्वास्थ्य आयोगले जनाएको छ ।