काठमाडौँ – प्रभु बैंक लिमिटेड र यूकेएड–डीएफआइडीअन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एक्सेस एड्भाइजरी र प्रभु मनि ट्रान्सफरको सहकार्य एवं संयुक्त आयोजनामा भारतको मुम्बईमा रहेका नेपालीलाई वित्तीय साक्षरता प्रदान गरिएको छ ।


ADVERTISEMENT


मुम्बईमा विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका करिब २०० जना प्रवासी नेपालीहरुलाई लक्षित शनिबार र आइतबार गरी २ दिने वित्तीय साक्षरता एवं अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको प्रभु बैँकले जनाएको छ । उक्त वित्तीय साक्षरता एवं अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरुलाई आर्जन गरेको रकम औपचारिक एवं बैंकिङ्ग प्रणाली मार्फत नेपालमा रहेका आफन्तजनहरुलाई पठाउने लगायत वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा विज्ञ समूहबाट पर्याप्त जानकारी गराईएको थियो ।


ADVERTISEMENT

# # #


उक्त अवसरमा सहभागीहरुबाट अन्तरक्रियामा भाग लिँदै नेपालको बैंकिङ्ग प्रणाली, आफुले आर्जन गरेको रकम नेपालमा पठाउने भरपर्दो एवं सरल माध्यम लगायत वित्तीय जानकारी सम्बन्धी जिज्ञाशा राखिएको थियो ।

कार्यक्रममा सहभागिता जनाएका प्रवासी नेपालीहरुले आफुले आर्जन गरेको रकम बैंकिङ्ग प्रणाली मार्फत् नेपालमा रहेका आफन्तजनहरुलाई पठाउन विगतमा भन्दा सहज महशुस गर्ने र यसबाट नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने बैँकले विश्वास व्यक्त गरेको छ ।