एजेन्सी –स्टेभन विर्गवाईनले डेब्यु खेलमै गोल गरेपछि टोटेनह्यामले प्रिमियर लिगमा म्यान्चेष्टर सिटीलाई हराएको छ ।


ADVERTISEMENT


आइतबार घरेलु मैदानमा टोटेनहमले खराब लयबाट गुज्रिरहेको १० खेलाडीमा सिमित सिटीलाई २–० गोल अन्तरले हराएको हो ।


ADVERTISEMENT

# # #


जितसंगै टोटेनहम तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । टोटेनहम चौथो स्थानको चेल्सी भन्दा चार अंकले पछाडी छ । टोटेनहमले लिगको शीर्ष चारमा आफ्नो दौडलाई जारी राखेको छ । सिटीको हारले लिभरलुलले लिगमा स्पष्ट २२ अंकको अग्रता लिएको छ ।

अलेक्जेन्डर जिनचेन्को दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि सिटी ६३ औं मिनेटमा १० खेलाडीमा सिमित बन्यो । लगत्तै घरेलु टोली टोेटनहमले दुई गोल गर्यो ।६३ औ मिनेटमा डेब्यु खेलाडी विर्गवाईनले भलीमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए ।

सन ह्युङ मिनले ७१ औं मिनेटमा टोटेनहमका लागि दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।पेप ग्वार्डिओलाको टिम लिगको पछिल्लो ६ खेलमा पाँचौ जित दर्ता गर्न लण्डन आएको थियो । तर खेलमा प्रभाव जमाएपनि टोली गोल गर्न असफल रह्यो ।

जितसंगै टोेटेनहम ३७ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लियो । सिटी ५१ अंक सहित तालिकाको दोस्रो स्थानमा रह्यो ।