काठमाण्डौ – शहीद स्मारक ए डिभिजन लिग फुटबलको आठौँ चरणअन्तर्गत शुक्रबार दुई वटा खेल हुँदैछन् ।
मध्याह्न १२ बजे दशरथ रङ्गशालामा पहिलो जित खोजिरहेको सरस्वती क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्दैछ ।


ADVERTISEMENT


मनाङ १३ अङ्कसहित तालिकाको चौथो स्थानमा छ भने सरस्वती पुछारमा रहेको छ । यस्तै दिउँसो ३ बजे दशरथ रङ्गशालामै हुने च्यासल र ब्रिगेड ब्वाइज खेल्दै छन् । च्यासल १२ औँ स्थानमा छ भने ब्रिगेड नवौं स्थानमा छ ।


ADVERTISEMENT

# # #