कोरोना भइरसको संक्रमण तीब्र गतिमा फैलिएपछि ज्यन गुमाउनेको संख्या २५ पुगेको छ । चीन सरकारले २ वटा शहरमा प्रवेश गर्न र त्यहा“बाट बाहिरिन सर्वसाधारणलाई रोक लगाएको छ । संक्रमण शुरु भएको वुहानसहित चीन सरकारले हुवाङ गाङ शहरमा पनि आउजाउमा रोक लगाएको हो ।


ADVERTISEMENT


हवाइजहाज, रेल, बस, सहायक मार्ग तथा फेरी सञ्चालनमा रोक लगाइएको हो । वुहान र हुवाङगाङ शहर छोडेर कतै नजान प्रशासनले गरेको आग्रह र सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाएपछि स्थानीयमा त्रास र चिन्ता छाएको बीबीसीले उल्लेख गरेको छ । विशेषगरी खाद्यँन्न संकट झेल्नुपर्ने चिन्तामा स्थानीयबासी छन् । आसन्न चिनिया“ नया“ बर्षको अवसरमा घुम्न बाहिर जानेको संख्या बढेपछि स्थानीय प्रशासनले त्यसमा रोक लगाएको हो ।


ADVERTISEMENT

# # #