चीनमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिम नेपालमा भित्रन सक्ने भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाएको छ ।


ADVERTISEMENT


विशेषगरी चीनबाट नेपाल आउने पर्यटकबाट यो भाइरस भित्रने जोखिम बढी रहेको भन्दै चिकित्सकहरुले पूर्व सावधानी अपनाउन सरोकारवाला सबैको ध्यानाकर्षण गराएका छन् । ‘कोरोना भाइरस’ हालसम्म नेपालमा नदेखिएपनि पूर्व सावधानी स्वरुप उच्च सर्तकता अपनाइएको सरकारी अधिकारीहरुले बताएका छन् ।


ADVERTISEMENT

# # #


चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङ्कङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फैलिएको छ । तर नेपालमा अहिलेसम्म यस्तो प्रकृतिको भाइरस नदेखिएको सरकारले जनाएको छ ।

छलफल पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रहेको हेल्प डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो । ‘कोरोना भाइरस’ को संक्रमण भएको शंका लाग्ने बित्तिकै विशेष एम्बुलेन्समार्फत अस्पतालसम्म र्पुयाउने व्यवस्था समेत गर्न लागिएको उहाले बताउनुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, प्रहरी अस्पताल, पाटन र टिचिङ लगायतका अस्पतालहरुमा यसको उपचार गर्न सकिने डा. पाण्डेले उल्लेख गर्नुभयो ।