सूचना तथा सञ्चार प्रविधिबारे चेतना बढाउन र सञ्चारमैत्री औद्योगिक क्षेत्र बनाउन भन्दै बुटवलमा नवौँ सूचना प्रविधि मेला क्यान इन्फोटेक २०२० हुने भएको छ । क्यान महासंघ प्रदेश ५ को संयोजकत्व तथा कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान) रुपन्देहीको आयोजनामा माघ १७ गतेदेखि महोत्सव हुने छ ।


ADVERTISEMENT


इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोवाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलि कम्युनिकेशनस, बैंक, आई सी.टी कलेज, शैक्षिक परामर्श केन्द्र, सˆटवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स् राखिने छ । ५ दिनसम्म चल्ने मेलामा ३ लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।


ADVERTISEMENT

# # #