निर्वाचन आयोगले आज राष्ट्रियसभा उम्मेदवारको अन्तिम नामवली प्रकाशन गर्ने भएको छ । आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT


राष्ट्रियसभा निर्वाचन कार्यतालिका अनुसार बिहान १० बजेदेखि १ बजेभित्रमा उम्मेद्वारको अन्तिम नामवली प्रकाशन गरिने छ, भने दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारले निर्वाचन चिन्ह पाउने का प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रियसभा निर्वाचनका लागि ४५ जनाको उम्मेदवारी परेको छ ।


ADVERTISEMENT

# # #


महिला, दलित, अपाङ्गता तथा अल्पसंख्यक र अन्य गरी चार वटा क्लस्टरमा १८ जनाको लागि निर्वाचन हुने छ भने एक जना राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ ।