चितवनको भण्डारामा ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पुर्व पश्चिम महेन्द्र राजमार्गको भण्डरा हर्दीमा टाँडीबाट लोथर तर्फ जाँदै गरेको प्रदेश–३–०२–००५ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ७ ख ४६६० नम्बरको ट्याङ्करले पछाडीबाट ठक्कर दिएको थियो ।


ADVERTISEMENT


ठक्करका कारण मोटरसाइकल चालक गोरखा जिल्ला भिमसेन गाउँपालिका–४ बस्ने ३५ वर्षका इन्द्र तमाङ र मोटरसाइक पछाडी बसेका गोर्खा सोही गाउँका २४ वर्षीय सुगम तमाङ गम्भीर घाइते भएका थिए । चितवन मेडिकल कलेजको भरतपुरमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #