काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा आज र भोलि पानी पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम भोलिसम्म जारी रहने महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा भएको हो । विहान केही स्थानमा छिटफुट पानी परेपनि दिउँसोपख भने मेघ गर्जनसहित उपत्यकासहित अधिकांस स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिमा मानन्धरले जानकारी दिनुभयो ।


ADVERTISEMENT


उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराईका जिल्लामा चिसो बढ्ने भएकाले पुर्वतयारी गर्न महाशाखाले आग्रह गरेको छ । पानीको सम्भावनासँगै मुलुकभर चिसो अझै वढ्न सक्ने महाशाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #