काठमाडौं । चिनियाँ संयुक्त लगानी रहको होङसी सिमेन्टसहित अन्य दुई स्थानीय सिमेन्ट गुणस्तरहीन रहेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । गुणस्तरहीन उत्पादन गरेको भन्दै उद्योगलाई विभागले १५ दिने स्पष्टीकरण समेत सोधेको छ ।


ADVERTISEMENT


सिमेन्टको नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्दा गुणस्तर अनुरुप नपाएपछि कार्वाहीको प्रक्रिया अघि बढाएको हो । बिभागका अनुसार उत्पादन नै बन्द गराउने गरी कारबाही हुन सक्छ ।


ADVERTISEMENT

# # #


परिक्षण रिपोर्टले जनाए अनुसार होङसी सिमेन्टमा इनिसियल सेटिङ आधा घण्टामा हुनुपर्ने सो बमोजिम नरहेको पाइएको छ । बिज्ञहरुका अनुसार इनिसियल सेटिङमा लापरबाही हुनु गम्भिर हो । निर्माणका लागि सिमेन्टको गुणस्तर मापदण्ड अनुसार नभए जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने जानकारहरु बताउँछन् र

होङसीलाई नेपाल गुणस्तर प्रमाण चिह्न नियमावली २०४० अनुसार कारबाही अघि बढाईने बिभागले जनाएको छ ।

प्रबिधिसम्पन्न दाबी गर्दै ठूलो मात्रामा उत्पादन गर्ने भनिएको होङसीले यसअघि समेत परीक्षण हुँदा कमसल सिमेन्ट उत्पादन गरेको भन्दै पटक पटक बिभागको कारबाहीमा पर्दै आएको छ ।