निर्वाचन आयोगले आगामी माघ ९ गते राष्ट्रिय सभामा हुने निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारको नामवली आज प्रकाशन गर्दैछ । नियमित निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको नामावली प्रकाशन गर्नै आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोगले भोली उम्मेदवारको नाम फिर्ता लिने कार्यतालिका तय गरेको छ ।


ADVERTISEMENT


मनोनयनमा परेका उम्मेदवारले बिहान १० बजेदेखि ४ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । आयोगले शुक्रबार उम्मेदवारको अन्तिम नामवलि प्रकाशन गर्ने भने सोही दिन निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।


ADVERTISEMENT

# # #