काठमाडौँ – माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ ।


ADVERTISEMENT


बैंकको वार्षिक १०.२५ प्रतिशत व्याजदर सहित प्रति ऋणपत्र एक हजार रुपैया कायम भएका उक्त ऋणपत्र मंसिर १८ गतेदेखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो ।


ADVERTISEMENT

# # #


ऋणपत्र सूचिकृत सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका थिए । सूचिकरण पछि १० बर्षमा सावाँ फिर्ता हुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्ज मार्फत दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

बैंकले देशभर १४४ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७१ वटा एटीएमहरु मार्फतबाट ग्राहकलाई बैकिङ सेवा प्रदान गरिरहेको छ ।