काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण जितेकी छिन् । महिला २०० मिटर फ्रिस्टाईलमा गौरिकाले स्वर्ण जितेकी हुन् ।


ADVERTISEMENT


सातदोबाटोस्थित कम्प्लेक्समा सम्पन्न पौडीको स्पर्धामा उनले निर्धारित दूरी २ मिनेट ५.०६ सेकेण्ड  सेकेण्डमा पुरा गरिन् । भारतकी शिवांगीले उक्त दूरी पार गर्न २ मिनेट ७.१९ सेकेण्ड लाग्यो। दक्षिण एसियाली खेलकुदको पछिल्लो संस्करणमा उनले एक रजतसँगै तीन कास्य पदक जितेकी थिइन् ।


ADVERTISEMENT

# # #


यो सागमा पौडीमा गौरिकाको मात्र नभई नेपालकै पहिलो स्वर्ण हो । ब्राजिलको रियो दे जेनारियोमा सम्पन्न २०१६ को ग्रीष्मकालीन ओलम्पिकमा विश्वकै सबैभन्दा कान्छो ओलम्पियानको रुपमा सहभागी भएकी गौरिकाले १२ औं सागमा उनले एक रजत र तीन कास्य पदक जितेकी थिइन् ।

१६ वर्षको उमेरमा आठौं राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएकी उनले ५० मिटर ब्याकस्ट्रोक र ४ सय मिटर र ८ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी थिइन् ।

उनले ५० मिटरमा ३०.८५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्णसहित राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।